Websoft University

अवैध लागु औषध खैरो हिरोईन सहित ३ जना पक्राउ


बिराटनगर पुस २ गते । रातो तारा डट कम,
 मोरङ विराटनगर महानगरपालिका वडा नं . ७ शनिमन्दिर  स्थित लागु औषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं . १७ मटेरूवा बस्ने बर्ष अन्दाजी २७ को लद्दीफुल मियालाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट १३ ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी निज लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान कार्य भई रहेको 

त्यसै गरी विराटनगर महानगरपालिका वडा नं. १६ दरैया स्थित लागु औषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री देश भारत बिहार राज्य जिल्ला अररिया जोगमनी थाना वडा न . ९ ईन्द्रानगर बस्ने बर्ष ३२ को सुरजेश कुमार राय र ऐ।ऐ। बस्ने बर्ष १३ को मो।आशिक मियालाई शंका लागी चेकजाँच गर्ने क्रममा मो।आशिक मियाको साथबाट ५ ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी निजहरू दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान कार्य भई रहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.