Websoft University

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

 


झापा, मंसिर ५ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-१५ हेल्दुवारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ११.०६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । बा ३८ प ३८८५ नम्बरको मोटरसाईकलमा सवार रहेका निजहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट उक्त परिणामको नियन्त्रीत लागुऔषध ब्राउनसुगर , नेपाली रुपैयाँ ८१ हजार १ सय, भारतिय रुपैयाँ १ सय १० रुपैयाँ र मोवायल २ थान बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.