Websoft University

दुर्लभ वन्यजन्तु सालकको खबटा सहित १ जना पक्राउ

 


उदयपुर, मंसिर ५ गते ।  रातो तारा डट कम,दयपुरको त्रियुगा नगरपालिका-११ पिपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटा सहित १ जना पक्राउ परेका छन् । नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो साँढे ३ बजे  साउनेबाट गाईघाट तर्फ आउँदै गरेको स १ ह २६९० नम्बरको अटोलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त अटोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खबटा बरामद गरेको हो । अटोबाट सालकको खबटा बरामद भएसंगै अटो चालक त्रियुगा नगरपालिका-१४ का ४१ बर्षीय पहलमान कट्वाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.