Websoft University

कोरोना प्रभाबित व्यवसायीलाई सरकारले १० लाख सम्म सहुलियत व्याजदरमा कर्जा दिने


 काठमाण्डौ मंसिर ५ गते । रातो तारा  डट कम,सरकारले कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि घोषणा गरेको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ मन्त्रिपरिषद्बाट स्वीकृत भएसंगै कर्जा उपलब्ध गराउने कानूनी बाटो खुला भएको नेपाल राष्ट्र बैंकले सुचनामा जनाएकोछ । कोरोनाबाट अतिप्रभावित क्षेत्रका व्यवसायीले व्यवसायको निरन्तरता र कर्मचारीको तलव भुक्तानी गर्न अधिकतम १० करोडसम्म सहुलियतपूर्ण ऋण लिन सक्ने भएका छन् । 

जसमा घरेलु तथा साना तथा मझौला उद्यम, हवाई, पर्यटन तथा होटेललगायत व्यवसाय रहेको छ । कार्यविधि अनुसार यसरी प्रवाह हुने कर्जाको ब्याजदर पहिलो वर्ष ५ प्रतिशत र दोस्रो वर्ष ६ प्रतिशत कायम भएको छ । यो कर्जाको भुक्तानी अवधि भने दुई वर्षको रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.