Websoft University

उखु किसानले अझै पाएनन् भुक्तानी, रकम दिलाउने सरकारको प्रतिबद्धता


काठमाण्डौ कार्तिक २४ गते । रातो तारा डट कम,उखु किसानले आगमी मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने घोषणा गरेका छन् । उखु मिलले गतवर्ष आफूसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् । 

हिजो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने बताएका छन् । सरकारले भने बन्द भएका उद्योगको जायजेथा बेचेर भएपनि किसानको रकम दिलाउने प्रतिवद्धता जनाएको छ । 

किसानको उखु किनेर समयमै रकम भुक्तानी नगर्ने उद्योगीलाई गिरफ्तार गरिने भन्दै जसरी पनि समस्या समाधान गरिने मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले सीआइएनसँग बताउनुभयो । उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले किसानमाथि अन्याय हुँदा पनि सरकार मुकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभयो ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.