Websoft University

नुवाकोट र सुनसरीमा निषेधाज्ञा,यो साल देउसीभैलो खेल्न नपाइने


काठमाण्डौ कार्तिक २४ गते । रातो तारा डट कम,कोरोना सङ्क्रमणका कारण यसवर्षको तिहार पर्वमा देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा हिजो आइतबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा भएको निर्णय पश्चात प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जारी गर्नुभएको आदेश अनुसार २६ गतेदेखि अर्को आदेश नभएसम्म नुवाको र सुनसरीमा निषेधाज्ञा लगाइएको छ । 

आदेश अनुसार यो वर्षको तिहारमा देउसीभैली खेल्न पाइने छैन । काठमाडौंस्थित विशिष्ट सेवा प्रवाह गर्ने अस्पतालमा सङ्क्रमित बिरामीले भरिभराउ भइसकेको र आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएकाले रोग नियन्त्रणको लागि नुवाकोटमा २६ गतेदेखि लागूहुने गरेर निषेधाज्ञा लागू गरिएको भन्दै आदेश पालना गर्न सबैलाई अपिल गरिएको छ । 

जिल्लाको धार्मीक, साँस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्य रुपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने भएपनि त्यसको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड कडाईको साथ पालना गर्नुपर्ने भनिएको छ । 

स्वास्थ्य सुरक्षाको मापदण्ड पालन भए–नभएको अनुगमनको लागि जनप्रतिनिधिसहित प्रहरीको टोलीले अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । नुवाकोटमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६१९ पुगेको छ । त्यो मध्ये २८८ जना रोग जितेर घर फर्किसकेका छन् भने ३२९ जना सक्रिय सङ्क्रमित रहेका छन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.