Websoft University

प्रदेश १ मा ६०० डिस्चार्ज, २१९ संक्रमित थपिए

 

विराटनगर, २३ कात्तिक । रातो तारा डट कम,प्रदेश १ मा आज २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ८, रतुवामाईमा ७ , रंगेलीमा ६,  उर्लाबारी र कानेपोखरीमा ४–४, जहदा, बुढीगंगा र बेलबारीमा ३–३, ग्रामथानमा १ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

सुनसरीको इटहरीमा ३३, इनरुवामा ४, रामधुनीमा ३, देवानगञ्ज, धरान र कोशी गाउँपालिकामा २–२,  दुहवी र गढीमा १–१, झापाको गौरादह र कमल गाउँपालिकामा १२–१२, दमकमा ४, गौरीगञ्ज, कचनकवल, अर्जुनधारा , मेचीनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

उता ते¥हथुमको म्याङलुङमा ८, उदयपुरको चौदण्डीगढीमा ३, त्रियुगामा २ र बेलकामा १, इलामको इलाम नगरपालिका र फाकफोकथुममा १–१, संखुवासभाको पाँचखपन र खाँदबारीमा १–१, पाँचथरको मिक्लाजुङ, भोजपुरको षडानन्द, खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ८८४ पुगेकोछ ।

प्रदेश १ मा आज ६०० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५९५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार १७३ पुगेको छ ।

प्रदेश १ मा आज ९७६ जनाको पीसीआर परीक्षण गरिएकोछ । परीक्षण गरिएका मध्ये ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।  हालसम्म १ लाख ७० हजार ९५१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.