Websoft University

सरकारले ध्यान नदिदा उदयपुर सिमेन्ट उधोग टाट पल्टीने अबस्थामा पुग्यो


जलजले (उदयपुर) २३ कार्तिक । रातो तारा डट कम,मुलककै सबैभन्दा ठुलो उदयपुर सिमेन्ट उधोग टाट पल्टीने अबस्थामा पुगेको छ ।सिमेन्ट बिकी्र मा हा्रस आउन थालेपछि उधोग को ब्ययभार बढ्दै जाने क्रममा चरम आर्थिक संकटको कारण उधोग कुनै पनि बेला बन्द हुने अबस्थामा पुगेको छ । उधोग बाट उत्पादित गैडा छाप सिमेन्ट ले नीजि क्षेत्र बाट उत्पादित अन्य बा्रण्डको सिमेन्ट संग प्रतिस्पर्धा गर्न नसक्दा बिगत दुई बर्ष देखी सिमेन्ट बिकी्र हुन सकेको छैन । सिमेन्ट बिकी्रमा कमी आउन थालेपछी उधोग लाई आर्थिक संकट परेको छ । उधोगमा अहिले कोईला लगायत अन्य कच्चा पदार्थ खरीद गर्ने पैस समेत छैन । पैसा अभाबकै कारण उधोगले तिन महिना देखी बिधुत महसुल, भ्याट, कोइला को पैसा र बिभिन्न फर्महरुलाई भुक्तानी द्नि सकेको छैन ।अहिले झण्डै ८० करोडको हाराहारीमा उधोगको ब्ययभार रहेको उधोग लेखा शाखा ले जना्एको छ । “खातामा सुको पैसा छैन । सिमेन्ट बिकी्र ठप्प छ । बिकी्र भए पो पैसा जम्मा हुन्छ” । लेखाको एक कर्मचारी ले नाम उल्लेख नगरी दिने शर्तमा बताए । “अलि अलि सिमेन्ट बिकी्र बाट जम्मा भएको पैसा कर्मचारी को तलब मा नै सकिने गरेको छ ”। उनले भने । अपसिजनमा त कर्मचारी लाई नियमीत तलब खुवाउन समेत गाहो्र पर्ने ति कर्मचारी ले बताए । कुनै बेला दैनिक २,३ सय गाडी सिमेन्ट बिकी्र हुने गरेकोमा अहिले मुस्कीलले १० देखी २० गाडी मात्र सिमेन्ट बिकी्र हुने गरेको छ । पुर्ब महाप्रबन्धक सुरेन्द्र पौडेलको कार्याकालमा उधोग रामा्रे संग संचालन मा आउनुको साथै सिमेन्ट बिकी्र पनी रामा्रे थियो । तर पौडेल आयल निगममा गएपछि निमित्त महाप्रबन्धक बनको नोबल किशोर साह पछि उधोग अधोगपती तर्फ लागेको स्वयम कर्मचारीहरु बताउछन । “पौडेल ले झण्डै ७० करोड रुपैया जम्मा गरेर जानु भएको थियो । तर साहले ५ महिना मै सबै रकम सक्नु भयो” । उधोगका एक कर्मचारी ले बताए । सिमेन्ट बिकी्र को पैसा जम्मा हुने बितिकै जिएम     साहले कुनै न कुनै बहानामा पैसा निकाल्ने गरेको कर्मचारीहरु बताउछन । जिएम साहले कमिसन बढी आउने भएपछि उधोग लाई तत्काल आबश्यक नरहेको सामान किनेर थुपार्ने गरेको स्वयम कर्मचारीहरु बताउछन । 

कोइला अभाब मा उधोग बन्द हुने अबस्थामा 

उधोग संचालनको लागी अति आबश्यक कोईला अभाब हुदा उधोग कुनै पनि बेल बन्द हुने अबस्थामा पुगेको छ । उधोगमा दुइ ठुलो सप्लायर्सले कोइला आपुर्ति गर्दै आएकाछन । मोनालीसा इन्टरनेस्नल र प्लाटीङ मार्केटिङग नामका दुई सप्लायर्स लाई झण्डै २५ करोड रुपैया कोईला सप्लायर्स गरेबापत उभोग ले भुत्तानी दिन बाकी छ । बिगत ६ महिना देखी पटक,पटक ताकेता गर्दा समेत उनीहरुले भुक्तानी पाउन सकेको छैन । लामो समय देखी कोईला को भुक्तानी नपाउदा उनीहरुले उधोगमा  कोइला आपुर्ति बन्द गरेको छन । “अब दुई दिन ्िभत्र कोईला नआउने हो भने सिमेन्ट उत्पादन पुर्ण रुपमा बन्द हुन्छ ”। उत्पादन शाखाका एक कर्मचारी ले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.