Websoft University

स्कुटर दुर्घटनामापरि दुई जना घाईते


श्याम राई-उदयपुर गाईघाट, २४ कार्तिक । रातो तारा डट कम, त्रियुगा नगरपालिका–१० स्थित मदन भण्डारी आँखा अस्पताल नजिकै सोमबार विहान भएको स्कुटर दुर्घटनामापरि दुई जना घाईते भएकाछन् ।

राजावासदेखि गाईघाटतर्फ आउने क्रममा को ४९ प ९०७० नम्बरको स्कुटर दुर्घटना हुँदा चालक १९ वर्षिया प्रिया बुडाथोकी र उनीसँगै बसेको भाई १३ वर्षिया युनिक घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रियाको टाउको फुटेको र गिदी समेत बाहिर निस्किएकोले चिन्ताजनक अवस्थामा उनलाई उपचारको लागि विराटनगर लगिएको ट्राफिक प्रहरी ईन्चार्ज सई होम प्रसादखनाललेबताए । अर्का घाईतेको अवस्था भने सामान्य रहेको छ ।

बोडिङ्ग स्कूलमा अर्ध वार्षिक परिक्षा दिन आउने क्रममा कुकुरलाई जोगाउन खोज्दा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.