Websoft University

प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीले अंक बाँड्यो


काठमाण्डौ कार्तिक २४ गते । रातो तारा डट कम,इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र उपविजेता म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १–१ गोलको बराबरी खेलेको हो । 

सिटीको मैदानमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो । खेलको १३ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । तर, लिभरपुलले आफ्नो अग्रता धेरै बेर टिकाउन सकेन । खेलको ३१ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा फर्काउनुभएकोथियो । घरेलु मैदानको बराबरीसँगै सिटीले ७ खेलमा १२ अंक जोडेको छ ।

सिटी लिगको ११ औं स्थानमा रहेको छ । बराबरीसँगै लिभरपुलले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएकोछ । तेस्रो स्थानको लिभरपुलले ८ खेलमा १७ अंक जोडेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.