Websoft University

कक्षा १२ को परीक्षा आजबाट देशभर हुदै,


काठमाण्डौ र्मसिर ९ गते । रातो तारा  डट कम,कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण वैशाखमा हुने भनिएको परीक्षा ८ महिना पछि आजबाट सुरु भएको हो । ‘स्वास्थ्यको मापदण्ड पालना गरेर ढुक्कका साथ विद्यार्थीले परीक्षा दिन सक्ने वातावरण मिलाइएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी गराएकोछ । कोरोना भाइरसका कारण परीक्षा होम सेन्टरबाट नै गर्न लागिएको हो । कक्षा १२ को पढाइ हुने सबै विद्यालयलाई परीक्षा केन्द्र तोकिएकोछ । कोरोनाका कारण परीक्षाको पूर्णाङ्क र समय पनि घटाइएको छ । अब डेढ घण्टामा ४० पूर्णाङ्ककको लिखित परीक्षा हुने भएको छ । ४० प्रतिशत ११ मा प्राप्त गरेको नम्बर र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिने अध्यक्ष पौडेलले बताउनुभयो । स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न बोर्डले सबैलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पनि स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न अपिल गर्नुभएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.