Websoft University

कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख पुग्यो


काठमाण्डौ र्मसिर ९ गते । रातो तारा  डट कम, कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मुक्त हुनेको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ जना पुगेको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण गरिएकोमा १ हजार ९ सय ८० जना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या पनि २ लाख २२ हजार २ सय ८८ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ । देशभरि सक्रिय सङ्क्रमितको संख्या हालसम्म १८ हजार ८ सय ८४ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ सय २९ जना रहेका छन् । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ७० हजार ४५६ परीक्षण गरिएका छन्  । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.