Websoft University

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगे


काठमाण्डौ असोज ३० गते । रातो तारा डट कम,पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको बताउनुभयो ।  काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ कोरोना सङ्क्रमित थपिएका छन् । 

मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जना सङ्क्रमित देखिएका हुन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ । 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.