Websoft University

नव निर्मित अमर प्रहरी स्मारकको अनावरण

 


बिराटनगरआश्विन ३० गते । रातो तारा डट कम,१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा नव निर्मित अमर प्रहरी स्मारकको अनावरण  गरिएको छ । आज विहान ८ बजे एक विशेष कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गर्नु भएको हो ।  


पुरानो अमर प्रहरी स्मारक नयाँ बनिरहेको प्रदेश प्रहरी कार्यालयल भवनको मास्टर प्लान अनुसार नभई अन्यत्र रहेकोले मास्टर प्लान अनुसारको स्थानमा चार फिट उच्चाई भएको नयाँ र ब्यवस्थित अमर प्रहरी स्मारक निर्माण गरी आज प्रहरी नायब महानिरीक्षक ईश्वर बाबु कार्कीले अनावरण गर्नु भएको हो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक लगायतका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.