Websoft University

आन घटस्थापना–नेपालीहरुको मुख्य चाड बडादशैँको आजदेखि सुरु

 


 काठमाण्डौ कार्तिक १ गते । रातो तारा डट कम,नेपालीहरुको मुख्य चाड बडादशैँको आजदेखि सुरु भएको छ । आज नेपालीले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन । 

पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ । घटस्थापनाको साइत बिहान ११ बजेर ४६ बजे मिनेटमा पञ्चाङग निर्णायक समितिले जनाएको छ । 

आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ गर्न चलन छ । तर योपल्ट कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले छ । सरकारले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ । 

गुठी संस्थानले मुलुकका राजगुठीअन्तर्गत दुुई हजार ३५० देवस्थलमा नित्य पूजा गर्न मात्र भनेको छ । शक्तिपीठमा भीडभाड नगरी पुजारीले मात्र पूजा सम्पन्न गर्न भनिएको छ । हनुमानढोका दरबारस्थित दशैँघर, फौजी सङ्गठनका कोतघर लगायतमा पनि भीडभाड नगरी घटस्थापना हुने भएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.