Websoft University

राजगढमा फ्यूचर केमिकल तथा प्याकेजिङ उद्योग सञ्चालनमा

 


बिर्तामोड, असोज ३० गते । रातो तारा डट कम, दक्षिणी झापाको बाह्रदशीलाई स्माट सिटीको रुपमा विकास गर्न त्यहाँका स्थानीयहरु नै लागीपरेका छन् ।


बाह्रदशी गाउँपालिकाको वडा नं. २ र ३ मा पर्ने राजगढ बजारलाई स्मार्ट सिटीको रुपमा विकास गर्र्ने गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेट नै विनियोजन गरेको छ ।


गाउँपालिकाले समेत बजेट बिनियोजन गर्दै राजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्न त्यहाँका स्थानीयले आफ्नै ठाउँमा लगानी गर्न शुरु गरेका छन् । कोरोना भाइरसको  बढ्दो संक्रमणका कारण दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा हेण्डवाससहितका घरमा अत्यावश्यक सामग्रीका लागि स्थानीय एक युवाले फुटुरे केमिकल तथा प्याकेजिङ उद्योग सञ्चालनमा ल्याएका छन् ।

मिरिफ्रेस बाण्डका हेण्डवास, फिनेल, ट्वाइले क्लिनर, भाँडा माझ्ने लिक्युड उत्पादनका लागि २० लाख रुपैयाँ लगानी गर्दै उद्योग सञ्चालनमा ल्याइएको हो । स्थानीय चन्दनकुमार चौधरीले सञ्चालनमा ल्याएको उद्योगका उद्घाटन बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले गरे । उद्योगको उद्घाटन गर्दै अध्यक्ष राजवंशीले गाउँपालिकाले राजगढलाई स्माटसिटी बनाउने उद्घोष गरेसँगै स्थानीयवासीले राजगढको विकासका लागि लगानी गर्न थालेको बताएका छन् ।

स्थानीय युवालाई रोजगार दिँदै घरायसी सामग्री उत्पादनमा युवापंक्ति जुट्नु गाउँपालिकाकै लागि गौरवको कुरा भएको अध्यक्ष राजवंशीले बताए । यसअघि राजगढमा सस्तो बजारका नामबाट सुविधासम्पन्न सपिङ महल सञ्चालनमा आएको र यस्तै अन्य उद्योगहरु सञ्चालनमा आए राजगढलाई स्मार्टसिटी बनाउन समय नलाग्ने अध्यक्ष राजवंशीको भनाइ छ ।  

फुटुरे केमिकल तथा प्याकेजिङ उद्योगले चार जनालाई रोजगारी दिएको बताउँदै आगामी दिनमा प्रदेश १ सहित नेपालका सबै जिल्ला मिरिफ्रेक्स ब्राण्डका सामग्री पु¥याइने सञ्चालक चौधरीको भनाइ छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गर्दै चौधरीले आफूले उत्पादन गरेको सामग्री गुणस्तरीय र उच्चकोटीको रहेको दावी गरेका छन् ।

उद्घाटन समारोहमा पशुपति माविका पूर्व प्रधानाध्यापक नन्दकुमार कुँवर, व्यवसायी कैलाश चौधरी लगायतको  उपस्थिति थियो ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.