Websoft University

संस्कार’ बन्ने निशान र अस्मिताले गाए चितवनको एअरपोर्ट..

 


काठमाडौं  २८ असोज । रातो तारा डट कम,किशोर चौधरीको निर्देशनमा ‘संस्कार’ नामक फिल्म निर्माण हुने भएको छ । फिल्ममा समाबेश चितवनको एअरपोर्ट..बोलको गीत बुधबार रेकर्ड गरियो । किशोर चौधरीको शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ । 

दिनेश कुँवर निर्माता रहेको फिल्मको स्क्रिप्ट पनि निर्माता दिनेशकै हो । बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक कथामा बन्नेछ । तिहारपछि सुटिङ गरिने ‘संस्कार’ मा मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत रहने निर्माता दिनेशले जानकारी दिए । 

फिल्मको सहनिर्मातामा राजु अधिकारी,सुमन तेन्जल र हरि भण्डारी छन् । तनहँु,पोखरा र बिरगंजमा खिचिने फिल्ममा दिनेश प्रमुख भूमिकामा रहने छन् भने अन्य कलाकारको चयन प्रक्रिया जारी छ । गीतको शब्द तथा संगीत निकै मन परेकाले दर्शक स्रोतालाई पनि मन पर्ने बिश्वास निशान र अस्मिताले ब्यक्त गरे । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.