Websoft University

सूचना प्रविधि संवन्धि तालिमका लागि सामाजिक विकास मन्त्राल र कटहरीवीच सम्झौता

 


विराटनगर, २८ असोज । रातो तारा डट कम, प्रदेश १ सामाजिक विकास मन्त्रालयले मोरंगको कटहरीका शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम सञ्चालनका लागि आज सम्झौता गरेको छ । 

विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालनका लागि मन्त्रालयले मोरङको कटहरी गाउँपालिकासँग सम्झौता गरेको हो । सूचना प्रविधि संवन्धि तालिम सञ्चालनका लागि  कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामत र सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख कृष्ण पोखरेलवीच सम्झौता भएको छ । 

सम्झौता अनुसार गाउँपालिकाले तालिमका लागि ९० जना सामुदायिक विद्यालय र १० जना संस्थागत विद्यालयका शिक्षक छनौट गर्नुपर्ने छ । 

मन्त्रालयले यसअघि धनकुटाको धनकुटा नगरपालिका, इलामको सुर्योदय नगरपालिका, झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, मोरंगको सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिका, सुनसरीको धरान, इनरुवा, इटहरी बराहक्षेत्र, उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता गरिसकेको छ ।  पहिलो चरणको तालिम मन्त्रालयले गत असोज १५ गतेदेखि शुरु गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.