Websoft University

प्रहरीले गाजा खेती नष्ट गर्यो


गाईघाट २८ असोज  । रातो तारा डट कम,प्रहरीले उदयपुरको रामपुर र ताप्ली बाट दुई दिन यता झण्डै ३१ हजार ४ सय ३५ वटा गाजाको बोट नष्ट गरेको छ । प्रहरीले वर्षेनी अबैध गाजा खेती नष्ट गर्न बिशेष अभियान बिगत १२ वर्ष देखी संचालन गर्दै आएको छ । यो वर्ष पनि गरीएको गाजा खेती नष्ट गर्ने अभियान अन्र्तगत बेलका नगरपालीका को वडा न ७ को बिभिन्न स्थानमा झण्डै १ सय ७७ रोपनी मा लगाइएको २९ हजार ९ सय ५ वटा गाजाको बोट प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत डिएसपि वेद प्रसाद गौतमलेबताए । प्रहरीले ताप्ली गाउपालीका को वडा न ३ इनामे र वडा न ५ को  मादले बाट पनि १ हजार ५ सय ४०  बोट गाजा नष्ट गरेको छ । उदयपुरको पहाडी भेगका केही स्थानमा हुदै आएको गाजा खेती अहिले बेलका नगरपालीकाको दक्षिणी भेग को कोशी टप्पु आसपासमा ब्याबसायिक रुपमा गरीदै आएको छ । गत बर्ष पनि प्रहरीले बेलका को तल्लो भेगबाट ठुलो परिणाममा गाजा खेती नष्ट गरेको थियो । वर्षेनी गाजा खेती नष्ट गरीदै आएपनि अहिले सम्म खेती गर्ने क्रम रोकीएको छैन । खेती गर्न सजिलो हुने र रामो्र आम्दानी हुने भएकै कारण प्रहरीले संचालन गरेको सो अभियानले गाजा खेती अझै रोकीएकोछैन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.