Websoft University

अवैध भन्सार छलिका सामान सहित २ जना पक्राउ

 

बिराटनगर असोज २८ गते । रातो तारा डट कम, वडा प्रहरी कार्यालय ९क बाट विराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर ९ महेन्द्र चौकमा भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली गरी प्रदेश नं। १-०२-००२ ह ८६२१ नं. को अटो टेम्पुमा राखी नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा सहित जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ पारीजात टोल बस्ने बर्ष १८ को अविनास साहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई  रहेको छ । त्यसैगरी  विराटनगर महानगरपालिका वडा नं. १४ जतुवा नहर छेउमा भारतको जोगवनीबाट नेपालतर्फ को २ प १७१४ नं। को मोटरसाईकलमा अवैध रूपमा भन्सार छली गरी ल्याउदै गरेको रजनीगन्धा, तुलसी र कस्मेटिक सामान सहित जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १५ सुडी वस्ती बस्ने बर्ष १८ को भोला चौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङ तथा ऋच्ख् जतुवा बाट  खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.