Websoft University

सरकारले अपनाउन लगाएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा पुन लकडाउन हुन सक्ने सरकारको चेतावनी

 


काठमाण्डौ असोज २६ गते । रातो तारा डट कम,सरकारले नागरिकस्तरबाट स्वास्थ्यका मापदण्डको उल्लङ्घन हुनेक्रम बढेकोमा चिन्ता व्यक्त गर्दै फेरि लकडाउन अर्थात् बन्दाबन्दीको हुनसक्ने सङ्केत गरेको छ । 

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नागरिकले उच्च सतर्कताकासाथ कोरोना विरुद्धका नियमहरू पालना गरे भयावह अवस्था नआउने बताउनुभयो । 

उहाँले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो । मन्त्री ज्ञवालीले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईमा भने पछि परेको बताउनुभयो । कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय भए पनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको मन्त्री ज्ञवालीको भनाइ छ । 

६० प्रतिशत सङ्क्रमित काठमाडौंमै रहेका र विशेष स्याहार चाहिने अवस्थाका सङ्क्रमित पनि यहीँ बढी भएकाले हालको स्वास्थ्य सामथ्र्यले धान्न नसक्ने उहाँले जानकारी दिनुभयो । कोरोना महामारीलाई हल्का ढंगले नलिन पनि मन्त्री ज्ञवालीले आग्रह गर्नुभयो । नेपालमा थप २ हजार ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४ सय २७ पीसीआर परीक्षण गरिएकोमा थप २ हजार ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । हिजो मात्रै २८ जनाको मृत्यु भएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.