Websoft University

झापा, लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

झापा,असोज-२६ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-७ स्थितमा बस्ने ३५ बर्षीय सुवाश दर्जी र मेचीनगर-८ का सन्दिप राजवंशी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो दिउसो पौने ४ बजे दुबैजनालाई  मेचीनगर-७ ईटाभट्टा एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा १५७ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो ।  यसरी ब्राउनसुगर सहित पक्राउ परेका दर्जी र राजवंशी उपर थप अनुसन्धान तथा ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.