Websoft University

प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ४८१ कोरोना संक्रमित थपिए

 

विराटनगर, १ कात्तिक । रातो तारा डट कम, कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १२९ पुगेको छ । 

प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण देखिएको छ । मोरंगमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५६ महिला र ६८ पुरुष रहेका छन् । मोरंगको सुन्दरहरैचा, उर्लाबारी र बुढीगंगामा १३–१३, बेलबारी र जहदामा ९– ९, लेटाङमा ८, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा १०९, इनरुवामा २९, इटहरीमा १५, रामधुनीमा ९, देवानगञ्ज र दुहवीमा २–२, बराहक्षेत्र र गढीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको विर्तामोडमा २३, दमकमा १३, भद्रपुर र कनकाईमा ७–७, मेचीनगरमा ६, कमल गाउँपालिकमा ४, अर्जुनधारामा ३,  शिवसताक्षीमा २, गौरादह र हल्दिबारीमा १–१ र स्थानीय तह नखुलेका ५, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ३, चैनपुरमा २, सभापोखरी र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । इलामको इलाममा ६, चुलाचुलीमा ३, खोटाङको  खोटेहाङ र साकेलामा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको षडानन्दमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार १८३ पुगेको छ । 

प्रदेश १ मा आज १ हजार ४५० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४५ हजार ३८३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.