Websoft University

नेपालमा हालसम्म कोरोना भाईरस सङ्क्रमितको सङ्ख्या १ लाख २९ हजार ३०४ पुगे

 


काठमाण्डौ कार्तिक १ गते । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको कोरोना सम्बन्धि नियमित जानकारीका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म सङ्क्रमितको सङ्ख्या १ लाख २९ हजार ३०४ पुगेको बताउनुभयो । 

आज काठमाडौं उपत्यकामा मात्रै १ हजार ७ सय ४६ जनामा सङ्क्रमणदेखिएकोछ । प्रवक्ता डा गौतमका अनुसार काठमाडौंमा १ हजार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा सङ्क्रमण देखिएको हो । यो सँगै देशभरी सकृय सङ्क्रमितको संख्या हालसम्म ३८ हजार ७३७ पुगेको छ । 

त्यसैगरी २४ घण्टामा १ हजार ८०० जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८९ हजार ८४० रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ६९ हजार ६०५परीक्षणहरु गरिएका छन् । 

२४ घण्टामा जम्मा १५ हजार ५३१ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७१५ रहेको छ । त्यसैगरी २४ घण्टामा १२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७२७ पुगेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.