Websoft University

विराटनगरमा सय बेडको कोभिड प्रिकेयर अस्पतालको तयारीअक्जिसनसहितको व्यवस्थापन, होम आईसोलेसन बस्नेलाई सुविधा

 


विराटनगर । रातो तारा डट कम, संक्रमितहरु आईसियू र भेन्टिलेटरसम्म पुग्न नपरोस भन्ने उद्देश्यसाथ विराटनगरमा एक सय बेड क्षमताको प्रिकोभिड १९ अस्पताल संचालन गर्ने विषयमा निजीस्तरमा छलफल शुरु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइारलाको पहलमा निजी क्षेत्रका उद्योगी व्यवसायी तथा सरोकारवालासंग छलफल शुरु भएको हो । यस विषयमा शनिबार आयोजित भर्चुअल छलफलमा सहभागी चिकित्सक, राजनीतिकर्मी तथा व्यवसायीले अस्पताल संचालन गर्ने विषयमा आफूहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आईसियू र भेन्टिलेटरमा बढ्दै गएको चाप अस्पतालहरुले थेग्नै नसक्ने अवस्थामा पुगेकोले विराटनगरमा अक्सिजन चाहिने बिरामीलाई सेवा दिने गरी छलफल शुरु गरिएको बताए । भने,“विराटनगरमा एकसय बेडको कोभिडका लक्ष्यण भएका बिरामीलाई प्रिकोभिड अस्पताल संचालन गर्न सकिन्छ । सरकारलाई सहयोग पुगोस भनेरै हामीले यस्तो पहल लिएका हौं ।” उनले अस्पतालमा गम्भीर स्वास्थ्य अवस्थामा जानुभन्दा पहिल्यै पाउनु पर्ने न्यूनतम सुविधाले ज्यान बचाउनको सक्ने भएकोले यस्तो प्रिहस्पिटलबारे छलफल चलाइएको बताए ।

सहभागीले अहिले विराटनगरमा हरेक दिन अस्पतालमा आईसियूमा बेडको माग हन थालेको तर बिरामीले अस्पतालको गेटबाटै फर्कनु पर्ने अवस्था आएको सहभागीको भनाइ थियो । काठमाडौमा समेत अस्पतालमा बेड आउन निक्कै कठिनाइ हुने गरेको भन्दै चिकित्सा विज्ञान प्रतिष्ठानका पूर्व डिन डा. जगदीश अग्रवालले आईसियू र भेन्टिलेटरसम्म पुग्न नदिन प्रीहस्पिटलको कन्सेप्ट उचित हुने बताए । भने,“आईसोलेसनबाट आईसियू पठाउनु पर्ने अवस्था आउन नदिन प्रिअस्पताल संचालन गर्न सकिन्छ । अस्थायी संरचना बनाउन सकिन्छ । सरकारलाई सहयोग गर्ने उद्देश्यले नै चलाउनु पर्छ । रुघाखोकीसहित ज्वरो तथा निमोनिया भए दुःख दिन सक्ने भएकोले त्यस्ता बिरामीलाई प्रिअस्पतालमा राखेर अक्सिजनसहितको सेवा दिए मृत्यु हुनबाट बचाउन सकिन्छ ।” उनले एक्सरे गराएर स्वास्थ्य अवस्था हेरेर अक्सिजनको व्यवस्था गर्न सकेपनि बिरामीलाई बचाउन सकिने भन्दै उनले अस्पताल व्यवस्थापनको लागि सरकारसंग समेत सहयोग लिनुपर्ने सुझाव दिए । अस्पतालको स्थानीय व्यवस्थापन स्थानीय सरकारले गर्न सक्ने र यसको पहिलो सेटअपको लागि ५० लाखसम्म खर्च हुन सक्ने तथा चिकित्सकलगायत व्यवस्थापनको लागि मासिक १५ लाख रुपैयाँसम्म खर्च हुनसक्ने बताए । 

चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा.लोचन कार्कीले भएकै पूर्वाधारलाई प्रयोग गरेर अस्पताल संचालन गर्न सकिने र भएकै संरचनालाई अस्पतालमा परिणत गर्दा खर्च बचाउन सकिने बताउँदै भने,“अहिले अस्पताल भरिएका छन । जान नपर्ने पनि गएका छन । उनीहरुलाई प्रिहस्पिटलमा राखेर केयर गरेर अक्सिजन मात्र दिन सकियो भने पनि धेरैलाई बचाउन सकिन्छ । आईसियू र भेन्टिलेटर पुग्न नदिन पहल गर्न सकिन्छ ।” कार्कीले प्रीहस्पिटलको कन्सेप्टमा गए जसलाई अस्पतालको सुविधा चाँहिदैन केही इन्भेस्टीगेट गर्ने र अक्सिजन दिने खालका चिकित्सकको निगरानीमा राख्न सके पनि अस्पतालमा चाप कर्म गर्न सकिने बताए ।

“सरकारले लिज लिएर चलाए । २० प्रतिशत बेड छुट्याउनु भन्दा ठूलो अस्पताललाई बनाउने भन्दैछ तर त्यो गर्नुभन्दा पनि कुनै ठूलो मेडिकल कलेजलाई नै कोभिड अस्पताल बनाउन सकिन्छ,” कार्कीले भने,“आईसोलेसनमा बस्नेका लागि टेलिमोडिसियनलगायत सेवा दिन सकिन्छ ।” चिकित्सक कार्कीले कोभिडको बढ्दो ग्राफलाई फ्लाट बनाउन जरुरी भएको भन्दै प्रिअस्पतालको कन्सेप्ट उचित भएको र यस्तो अस्पताल चलाउँदा ६० प्रतिशत बिरामी अस्पताल पुग्नै नपर्ने सुनाए । 

नेपाली कांग्रेस १ नम्बर प्रदेशका प्रमुख सचेतक केदार कार्कीले समय घर्कदै गएकोले अब ढिलाई गर्न नहुने बताए । भने,“सरकार बिरामी मरेको मात्र हेरिरहेको छ त्यसैले अब कोभिडको अत्यन्तै भयानक अवस्था आएको छ । विराटनगरबासीको दायित्व छ । जनतालाई अफ्ठेरो परेको बेलामा जनतालाई कसरी सेवा दिन सकिन्छ भनेर पहल लिनैपर्छ । मेडिकल कलेजका संरचनालाई पनि कोभिड अस्पताल बनाउन सकिन्छ ।” कांग्रेस सचेतक सूयर्माराज राईले कोभिडले प्रदेश १ मा संक्रमितको संख्या थपिदैं जाँदा अवस्था भयावह हुँदै गएको बताए । 

उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य महेश जाजूले विराटनगरमा प्रिअस्पताल संचालन गर्न निजी क्षेत्रको सहयोग संधै रहने बताउँदै भने,“हामी प्रिअस्पताल संचालन गर्न सकारात्मक छौं । यो काममा सरकारले पनि सहयोग गर्नुपर्छ ।” उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले सरकारको कमजोरीका कारण धेरै मानिसले उपचार प्राप्त गर्न नसकेको जस्तो देखिएको बताए । जनतालाई सरकारले सेवा दिन कमजोरी गर्न नहुने सुझाव दिए । उद्योगी सुशील धनावतले विराटनगरमा बढ्दो कोभिड ग्राफ भयावह अवस्थामा पुगेको बताए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले निजी क्षेत्रले सरकारको काममा संधै सहयोग गर्दै आएको सुनाए । विराट व्यपार संघका अध्यक्ष सुजन थापाले यो अभियानमा सहयोग गर्ने बताए । 

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरमा बढ्दो कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने ठूलो चुनौती रहेको भन्दै अब प्रिकोभिड अस्पताल जरुरी भएको बताए । भने,“अस्पतालसम्म पुग्नुअघि अक्सिजन चाहिने बिरामीको लागि यो अस्पताल अति नै महत्वपूर्ण हुनेछ ।” मेयर पराजुलीले यो कार्यमा विराटनगर महानगरले पहलकदमी र नेतृत्व लिन सक्ने बताए । 

मेयर पराजुलीले चालु रहेका अस्पताल वा सामुदायिक भवनमा अस्पताल संचालन गर्ने विषयमा थप मिहीन छलफल गर्ने बताए । कांग्रेस नेता डा. शेखर कोइरालाले कोजाग्रत पूर्णिमासम्म शुभारम्भ गर्ने गरी तयारी थाल्न सुभाव दिदैं आफूले सबै किसिमको सहयोग गर्ने बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.