Websoft University

जवरजस्ती करणीे मुद्धाको अभियुक्त शिक्षकलाई विद्यालयमा हाजिरि

 


बिराटनगर । रातो तारा डट कम,आफ्नै सहकर्मी महिला शिक्षकलाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत मोरङ्गबाट धरौटीमा रिहा भएका केराबारी गाँउपालिका वडा नं. ८, स्थित आमजँुगी आधारभूत विद्यालयमा राहत दरवन्दिमा कार्यरत शिक्षक गोकुल दाहाललाई विद्यालय व्यवस्थापन समितिले विद्यालयमा नियमित हाजिरि गराई रहेको रहस्य खुलेको हो । 

जवरजस्ती करणीका आरोपी शिक्षक गोकुल दाहालले पीडित महिला शिक्षकलाई डर, धम्कि दिई जवरजस्ती करणी गर्दै आई रहेकोमा महिला शिक्षकले मिति २०७७ श्रावण १७ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दर्ता गरे पश्चात प्रहरीले प्रक्राउ गरि मिति २०७७ भाद्र ७ गते सम्म जवरजस्ती करणीको अभियोगमा थुनामा रहेका पीडक शिक्षकलाई धरौटीमा जिल्ला अदालत मोरङ्गले थुनामुक्त गरे पछि पीडक शिक्षक गोकुल दाहालले विद्यालयमा घरायसी कामको कारण हाजिर हुन नसकेको झुटो मौखिक जानकारी गराई विद्यालय व्यवस्थापन समितिको वैठकमा निर्णय गरेर नै  निज गोकुल दाहाललाई विद्यालयमा नियमित हाजिरि गराइ रहेको पाईएको छ । 

पीडक शिक्षक गोकुल दाहाललाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेपछि विद्यालयका प्रधानाध्यापक रेवती प्रसाद मिश्रले प्रहरी समक्ष पीडक शिक्षकको वारेमा लिखित वयान दिएका थिए । नेपाल सरकार पक्ष भएको जवरजस्ती करणी मुद्धाका पीडकलाई अदालतले धरौटीमा रिहा गरेको भएपनि जवरजस्ती करणी  मुद्धामा अदालतबाट सफाई नै नपाईकन विद्यालयले हाजिरि गर्न दिनु आश्चर्यपूर्ण रहेको केराबारी गाँउपालिका न्यायिक समितिको कानूनी सल्लाहाकार फणिन्द्र सुवेदीले बताएका छन् ।  

जवरजस्ती करणीको अभियोगमा धरौटीमा रिहा भएका पीडक शिक्षकलाई विद्यालयमा हाजिरि हुन दिने आमजँुगी आधारभूत विद्यालयले भने, पीडित महिला शिक्षकलाई हाल सम्म काम गरेको तलब समेत नदिएको र कोभिड १९ का कारण बन्द रहेको विद्यालय प्रशासन खुलेपछि अन्य सबै शिक्षकलाई विद्यालयमा हाजीरि हुन प्रधानाध्यापकले जानकारी दिएको भएता पनि पीडित महिला शिक्षकलाई भने हाजिरि हुनका लागि हाल सम्म कुनै जानकारी नै नदिएको पाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.