Websoft University

दशैंको बेला मन्दिर तथा शक्तिपीठहरू नखोल्न गृहको निर्देशन

 


काठमाण्डौ कार्तिक १ गते । रातो तारा डट कम, गृह मन्त्रालयले दशैंको बेला मन्दिर तथा शक्तिपीठहरू नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह गरेको छ । 

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भींडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाइएको बताउनुभयो । तर नित्य पूजाआजा भने नियमित रुपमा सूचारु गर्न सकिने उहाँले बताउनुभयो । 

मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने पनि उहाँले बताउनुभयो । सप्तरीमा शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।  

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला सुरक्षा समिति, सप्तरीले गएराति ११ बजेदेखि आउँदो मङ्सिर ७ गते राति साढे ११ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.