काठमाण्डौ असोज २० गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।
अब नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ७ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १,०१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना गरी जम्मा १,०१७ जना सङ्क्रमित थपिएका छन् ।
यसअघि हिजो काठमाडौंमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना गरी जम्मा १ हजार ५३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित जानकारीका क्रममा दिएको जानकारी अनुसार २४ घन्टामा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् ।
हालसम्म भने १० लाख ९९ हजार २७६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो । हिजोको तथ्यांक अनुसार नेपालमा कोरोना सङ्क्रमितको संख्या ८९ हजार २६३ थियो ।
Post a Comment