Websoft University

५ प्रदेशको राजधानी दाङको नाम लुम्बिनी हुने भो–राजधानी देउखुरीमा रहने


काठमाण्डौ असोज २० गते । रातो तारा डट कम,प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ । कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो ।

खसेको मत मध्ये प्रदेश राजधानी दाङको देउखुरी बनाउने पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो । जनता समाजवादी पार्टी नेपालका दुई र राष्ट्रिय जनमोर्चाका एक जनाले मतदानमा भाग लिएनन् । विपक्षी दल नेपाली काँग्रेसले विपक्षमा मतदान गरेका छन् । काँग्रेसका १९ मध्ये ५ जनाले भने दाङको पक्षमा मतदान गरेका छन् ।
  
प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय भएको छ । प्रदेशसभाको आज बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो । प्रदेशको नामाकरण गर्न भएको मतदानमा ८७ मध्ये ८३ जनाले भोट हालेका छन् । लुम्बिनी नाम राख्ने पक्षमा  ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिनुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.