Websoft University

रसुवागढीबाट धमाधम सामान भित्रिंदै

काठमाण्डौ असोज २६ गते । रातो तारा डट कम,नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाकाबाट धमाधम चिनीया सामान नेपाल भित्रिरहेका छन् । गत सातादेखि रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिक रूपमा नेपाल भित्रिने क्रम बढेको हो । आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पु¥याउने गरेको छ । काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी नाकामा नेपाल भित्रिने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेका छन् । गत असार २० गतेदेखि नाका सञ्चालनमा आएको र भन्सार शुल्क बापत हालसम्म  ५० करोड रुपैयाँ भन्सार राजश्व असूल भएकोे छ । रसुवा  भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले हाल सामान नेपाल आइरहेको बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.