Websoft University

अलपत्र रहेको टेलिकमको जीर्ण भवन र्ममत हुदै,


काठमाण्डौ भाद्र ३१ गते । रातो तारा डट कम,नेपाल टेलिकम दुरसञ्चार शाखा कार्यालय धादिङको जीर्ण रुपमा रहेको भवन ७ वर्षपछि निर्माण कार्य अन्तिम चरणमा पुगेकोछ ।ओम कुण्डलेश्वर प्रा.लि भक्तपुरले ५ महिनामा निमार्ण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेपछि भवनको निमार्ण कार्य अन्तिम चरणमापुगेको
हो ।

करिब ७ वर्षदेखि जीर्ण अवस्थामा रहेको टेलिकमको भवन असोज १ गतेदेखि नयाँ व्यबस्थाका साथै नयाँ भवनमा सर्ने योजना भएको नेपाल टेलिकम धादिङका प्रमुख श्याममणी अर्यालले बताउनुभयो । नयाँ भवन निर्माण कार्यमा कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको लकडाउनका कारण आवश्यक सामग्रीहरु ल्याउन समस्या उत्पन्न भएको अर्यालले बताउनुभयो । 

करिब २ करोड २ लाख ४८ हजार ७ सय ९ रुपैया ७ पैसाको लागतमा पक्की चार तले भवन निर्माण गर्ने भनी सम्झौता गरिएको थियो । टेलिकमको आफ्नै भवन नहुँदा अहिले ८० हजारका दरले भाँडा तिरी कार्यालय सञ्चालन गर्दा बार्षिक १० लाख भाडा तिर्नुपरेको अर्यालले बताउनु भयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.