Websoft University

ओखलढुंगाको आईसोलेसनमा पिउने पानीको अभाव भएको सङ्क्रमितको गुनासो


काठमाण्डौ भाद्र ३१ गते । रातो तारा डट कम,ओखलढुंगाको रुम्जाटार अस्पतालको आईसोलेसनमा राखिएका कोरोना सङ्क्रमितले पर्याप्त पानीसमेत पिउन नपाएको गुनासो गरेका छन् । पानी नहुँदा शौचालय प्रयोग गर्न समस्या भएको र पिउने पानी समेत पर्याप्त नपाएको आईसोलेसनमा बसेकाहरुको गुनासो छ ।

उपचारका लागि राखिएको भनिए पनि पानीसमेत पर्याप्त पिउन नपाउँदा स्वास्थ्यमा थप समस्या उत्पन्न भएको आईसोलेसनमा बसेका योगेश्वर राजभण्डारीले बताउनुभयो । दिनमा प्रतिव्यक्ति २ बोत्तल मिनिरल वाटर दिए पनि त्यो पर्याप्त नभएको उहाँको भनाइ छ । स्वास्थ्यमा समस्या हुँदासमेत जाँच नभएको उहाँको गुनासो छ ।

आईसोलेसनमा बसेका महलकृष्ण श्रेष्ठले आईसोलेसनमा बस्दा अर्को स्वास्थ्य समस्या नहोला भन्न नसकिने धारणा राख्नुभयो । पानीको अभाव भएपछि सोमबार दमकलमार्फत आईसोलेसनको शौचालयका लागि पानी ल्याईएको थियो । यस विषयमा स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले पहिरोले पानीको पाईप बगाएकाले रुम्जाटारमा पानीको समस्या हुँदा त्यसको असर आईसोलसनमा परेको हुन सक्ने जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय प्रमुख तिवारीले प्रदेश सरकारले निर्देशन मात्रै दिने गरेको तर बजेट समयमा नपठाउँदा स्थानीयस्तरबाटै आन्तरिक व्यवस्थापन गर्नु परेको धारणा राख्नुभयो । जिल्ला अस्पताल रुम्जाटारका प्रमुख सन्तोष देवले रुम्जाटारको आईसोलेसन प्रदेश १ कै उत्कृष्ट आईसोलेसन रहेको दावी गर्नुभयो ।

रुम्जाटारमा १५ शैय्याको आइसोलेसन छ । त्यहाँको आइसोलेसनमा अहिले १४ जना कोरोना सङ्क्रमितलाई राखिएको छ । जिल्लाका ३० जना सकृय संक्रमित मध्ये अन्य १६ जना ओखलढुंगा सामुदायिक अस्पतालको आईसोलेसनमा छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.