Websoft University

नेपालमा आज कोरोना सङ्क्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगे


काठमाण्डौ भाद्र ३० गते । रातो तारा डट कम, २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । देशभरमा रहेका प्रयोगशालामा १० हजार ३ सय ७५ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै आजसम्म नेपालमा जम्मा कोरोना सङ्क्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । उनीहरुमध्ये ३ सय ७१ जनाको मृत्यु भएको छ । ४० हजार ६३८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ६२ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ७६ कोरोना सङ्क्रमित थपिएको र ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । मन्त्रालयका अनुसार काठमाडौँ जिल्लाका मात्र ५ सय ५५ जनामा कोरोना पुष्टि भएको छ । भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा पनि कोरोना देखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.