Websoft University

सामाजिक सेवा दिवस मनाइदै


काठमाण्डौ असोज ६ गते । रातो तारा डट कम,आज ४१ औं सामाजिक सेवा दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै छ । गैरसरकारी संस्था र यसमा आवद्ध समाज सेवीहरुको मनोवल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न तथा सामाजिक क्षेत्रमा भए गरेका क्रियाकलापहरुलाई आम जनमानसमा पु¥याउने माध्यमको रुपमा वि.सं. २०३६ सालदेखि प्रत्येक वर्ष असोज ६ गते सामाजिक सेवा दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा सीआईएनसंग कुरा गर्दै समाज कल्याण परिषद्का सदस्य सचिब पुष्कर खातीले सामाजिक सेवाको क्षेत्रलाइ कसरी राष्ट्रिय गौरबको क्षेत्र बनाउन सकिन्छ भन्ने बारेमा देशभरि छलफल भैरहेको बताउनुभयो । गैह्र सरकारी क्षेत्रको कामलाइ कसरी नतिजामुखि र सुशासनयुक्त बनाउन सकिन्छ भनेर सबैले सोच्नुपर्ने भन्दै उहाँले समाजसेवामा समर्पित हुन यो क्षेत्र सम्बद्ध सबैलाइ आग्रह गर्नुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.