Websoft University

अव सरकारले चिनियाँ बन्दरगाह प्रयोग गरेर रसायनिक मल ल्याउने



काठमाण्डौ असोज ६ गते । रातो तारा डट कम,चिनियाँ बन्दरगाह प्रयोग गरेर रसायनिक मल ल्याउन सरकारले प्रक्रिया सुरु गरेको छ । चीनबाट स्थलमार्ग भएर मल आयात गरी आपूर्तिको सजताबारे परीक्षण गर्न लागिएको हो ।

 तातोपानी र केरुङ नाका प्रयोग गरेर ५ हजार मेट्रिकटन डीएपी मल ल्याउन कृषि समाग्री कम्पनी लिमिटेडले बोलपत्र आह्वान गरेको हो । बोलपत्र स्वीकृत भएको बढीमा ७० दिनभित्रै मल धुलिखेल, काठमाडौं र त्रिशुलीको गोदाममा भित्र्याइ सक्नेगरी परीक्षणको रुपमा प्रक्रिया थालिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो । 

चिनियाँ सामुन्द्रिक पोर्ट र स्थलमार्ग भएर नेपालले पहिलोपटक मल ल्याउन प्रयास गरेको कम्पनीले जनाएको छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.