Websoft University

विज्ञापन ऐन तत्काल लागु गर्न सरकारलाई समितिको निर्देशन


 काठमाण्डौ असोज ६ गते । रातो तारा डट कम,प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विज्ञापन ऐन २०७६ तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको हिजो बसेको बैठकले तत्काल विज्ञापन बोर्ड गठन गर्नपनि सरकारलाई निर्देशन दिएको छ ।

 ऐन स्वीकृत भएको ११ महिना बितिसक्दा कार्यान्वयनमा ढिलाइ भएकोमा चासो व्यक्त गर्दै समितिले सरकारको नाममा त्यस्तो आदेश जारी गरेको हो । समितिका सदस्य केदार सिग्देलले ऐनको दफा ६ मा उल्लेख भएको डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनलाई विज्ञापनरहित बनाउने एक वर्ष समयावधि तोकिएको र समयावधि सकिन एक महिना बाँकी हुँदासमेत खासै काम हुन नसकेको भन्दै तत्काल कार्य सम्पन्न गरी ऐन कार्यान्वयन गराउन निर्देशन दिएको जानकारी दिनुभयो ।  

उहाँले विदेशी च्यानलमा स्वदेशी विज्ञापन राख्ने नीति ऐनको भावनाविपरीत हुने भन्दै त्यस्तो निर्णय नगर्नसमेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.