Websoft University

सुरक्षित स्थानमा बस्ति स्थानान्तरणका लागि पहल हुदै,


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम,विपद् संकटग्रस्त जिल्ला सिन्धुपाल्चोकका जोखिमयुक्त बस्ती स्थानान्तरणका लागी नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले तदारुकता देखाएको छ । निरन्तर विपद श्रृङ्खला दोहोरीएपछि जिल्लास्तरीय कार्यदल नै बनाएर गाउँबस्तिमा पसेको नेकपाले शनिबार जनप्रतिनीधि र नेताहरुबिच अन्तरक्रिया गरेको छ । 

सरकारले सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त जिल्ला घोषणा गरेसँगै नेकपा सिन्धुपाल्चोकले हिजो जोखिमयुक्त बस्ती स्थानान्तरणको प्रारम्भिक सर्वेक्षण प्रतिवेदनमाथि पार्टी र जनप्रतिनीधिबीच छलफल गरेको छ । हिजो सुकुटेस्थित सुनकोसी विच रिसोर्टमा पार्टीबाट निर्वाचित जिल्लैभरका स्थानीय सरकारका प्रतिनीधि र पार्टी नेताबिच अन्तरक्रिया गर्दै नेकपाले बस्ती स्थानान्तरण सम्बन्धि प्रारम्भिक प्रतिवेदनमा छलफल गरेको हो । 

नेकपा जिल्ला कार्यालयले प्राकृतिक प्रकोप अध्ययन, न्यूनिकरण तथा सहजिकरणका लागि जिल्लास्तरीय कार्यादल नै गठन गरि नेताहरुलाई बाढी पहिरोग्रस्त क्षेत्रमा खटाएको थियो । ७ सदस्ययी कार्यदलले बाढी पहिरोग्रस्त क्षेत्रमा पुग्दै पीडित प्रभावितसँग अन्तरक्रिया गरि सुरक्षित स्थानमा बस्ति स्थानान्तरणका लागी सम्बन्धित निकायमा सिफारीस गर्ने भएको छ । 

जिल्लाका जोखिमयुक्त बस्तिको पहिचान र स्थानान्तरणका लागी बैकल्पिक स्थानसहितको प्रतिवेदन सम्बन्धित निकायमा पेश गरिने नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.