Websoft University

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै–सरकारले ध्यान दिनु पर्छ


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम,स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएकाले कुनै पनि समय आईसीयूमा भर्ना गर्नुपर्ने स्थिति आउन सक्ने चिकित्सकहरूले बताएका छन् ।

उहाँको मुटुको चालमा गडबडी देखिए वा संक्रमण भए स्थिति जोखिमपूर्ण हुने चिकित्सकहरूको भनाइ छ । शरीरमा पोटासियमको स्तरमा आएको कमीले गर्दा डा. केसीमा मांसपेशी बाउँडिने, गल्ने, कमजोर हुने लगाएतका समस्या देखिएको छ । जसका कारण मुटुको चालमा असामान्यता आउने सम्भावना समेत देखिएको छ ।

सुगरको कमी हुँदा मस्तिष्कमा समेत समस्या उत्पन्न गर्न सक्ने जोखिम छ । जुम्लाबाट १९ औं सत्याग्रह थाल्नुभएका डा.केसी चार दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुनुभएको थियो । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.