Websoft University

आन्तरिक हवाई उडान आजबाट सुरु हुने


काठमाण्डौ असोज ५ गते । रातो तारा डट कम,लामो समयदेखि बन्द भएको आन्तरिक हवाई उडान आजबाट सुरु हुँदैछ । गएको चैत १० गतेबाट बन्द भएको आन्तरिक उडान आजबाट सूचारु हुन लागेको हो । सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार आजबाट उडान खुलेपनि २५ प्रतिशत मात्रै उडान अनुमति दिइएको छ ।

 हवाई उडान सुरु हुँदैगर्दा यात्रुहरूले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले  जनाएकोछ  । सुरु हुने उडानमा अब एयरपोर्ट भित्रको प्रक्रियामा लाग्ने समय पनि कम्तिमा आधा घण्टा लम्बिएको छ । त्यसकारण अब यात्रु जहाज उड्ने समय भन्दा कम्तिमा डेढ घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्छ । 

अब सबै यात्रुले एयरपोर्ट आउनु अगाडि मास्क लगाई हात स्यानिटाइज गर्नुपर्नेछ भने विमानस्थल भित्र भौतिक दूरी कायम गर्नुपर्ने गरि मापदण्ड बनाईएको मन्त्रालयले जनाएको छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.