Websoft University

मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी हुदै,


काठमाण्डौ असोज ५ गते । रातो तारा डट कम, पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्येनजर गर्दै खोल्न लागिएको हो । 
दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गर्न लागिएको हो । विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरू खुला नभएपनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी गरिएको कोषले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.