Websoft University

राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठ्यो–तर भारतले हजारौं हेक्टर नेपालको भु–मि कब्बजा बारे किन कुरा उठेन ?


काठमाण्डौ असोज ७ गते । रातो तारा डट कम,टर्कीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठाएको छ । यो विषयमा भारतले भने टर्कीले आन्तरिक मामिलामा दखल दिएको भन्दै आपत्ती जनाएको छ । 

संयुक्त राष्ट्रसंघको ७५ औं वर्षगाँठको अवसरमा आयोजित बैठकलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले दक्षिण एसियामा शान्ति र स्थीरताका लागि जम्मु–कश्मीर मुद्दा सुल्झाउनु पर्ने बताउनुभयो । 

तर नेपालको भुमि कालापानी लिपुलेक सुस्ता लगाएत तराइका हजारौं हेक्ट भु–भाग भारतले नेपालको जमिन कब्बजा गरेकोको बारेमा कुरा नेपालले उठाउन नसक्नु चै नेपालीहरुका लागि पीडा दाइ कुरा थियो ।

भारतले जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेकाले स्थिति जटिल बनेको उहाँको भनाइ थियो ।अर्दोआनको यो टिप्पणीप्रति संयुक्त राष्ट्रसंघमा भारतका प्रतिनिधि टिएस त्रिमूर्तिले यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको बताउनुभएको छ । ‘भारत यसलाई पूर्णरुपमा अस्वीकार गर्दछ । टर्कीले दोस्रो देशको सम्प्रभूतालाई सम्मानगर्नसिक्नुपर्छ ।’ त्रिमूर्तिले थप्नुभयो । 

एक दिन अगाडि पनि पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठाउनुभएको थियो । भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.