Websoft University

प्रेस विज्ञप्ति-सुविद गुरागाईको नेतृत्वमा सोमबारदेखि सुरु, भएको सत्याग्रहप्रति महासंघ प्रदेश समिति ऐक्यबद्धता


बिराटनगर असोज ७ गते । रातो तारा डट कम,कोरोना भाइरसको महामारीको समयमा जोखिम मोलेर आफ्नो भूमिका निर्वाह गरिरहेका पत्रकारहरुलाई सञ्चार गृहहरुले नियमित पारिश्रमिक नदिनु, न्युन पारिश्रमिक दिनु, बेतलबी विदामा राख्नु र कामबाटै निकाल्नु गैरकानूनी र आपत्तीजनक कार्य हो । यसै सन्दर्भमा नेपाल रिपब्लिक मिडिया प्रा.लि.द्वारा प्रकाशित नागरिक दैनिकले नियमित रूपमा पारिश्रमिक नदिएको तथा पूर्वजानकारीविनै जागिरबाट निकालेको विरोधमा प्रदेश नं. १ अन्तर्गत पत्रकार महासंघ सुनसरीका सदस्यसमेत रहनुभएका सुविद गुरागाईको नेतृत्वमा सोमबारदेखि सुरु भएको सत्याग्रह सत्याग्रहप्रति महासंघ प्रदेश समिति ऐक्यबद्धता जाहेर गर्दछ ।

नागरिक दैनिकको डेक्समा बसेर तेस्रो पृष्ठ हेर्दै आएका पत्रकार गुरागाईलाई इमेल पठाएर नागरिकले लकडाउनको समयमा जागिरबाट हटाएको थियो । सो मिडियामा आबद्ध प्रदेश १ मा कार्यरत अधिकांश पत्रकारहरुले पनि पछिल्लो समयमा नियमित पारिश्रमिक नपाएको बुझिएको छ । पारिश्रमिक पाएकाले पनि मासिक २ देखि ५ हजार मात्र प्राप्त गरेको र सो अनुसार काम नगर्नेलाई विदा लिन व्यवस्थापनले दबाब दिँदै आएको गुनासो आएको छ । श्रमजीवी पत्रकार ऐन विपरित र न्युनतम् मानवीय व्यवहार पनि नदेखाई पत्रकारहरुमाथि सञ्चार गृहले गरेको व्यवहारको हामी भत्र्सना गर्दछौं ।

 सहज अवस्थामा मिडियाको हैसियत बृद्धि हुँदा त्यसको फाइदा सबै सञ्चालकले लिने र अहिलेको महामारीको अवस्थामा श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने तथा कामबाट हटाउने कार्य कार्य तत्काल बन्द गर्न हामी माग गर्दछौं । नागरिक मात्र नभएर अन्य ठूला संचार गृहले पनि प्रदेश १ मा कार्यरत पत्रकारहरुलाई नियमित पारिश्रमिक नदिने, दिइरहेको पारिश्रमिक कटौती गर्ने, कामबाट निकाल्ने र वेतलबी विदा दिने कामा गरिहेको गुनासो महासंघमा आएको छ । यस्ता हर्कत तत्काल बन्द गर्न माग गर्दछौं ।

श्रमजीवी पत्रकार ऐनअनुसार पाश्रिमिक र अन्य सेवा सुविधा नदिने सञ्चार गृहहरुलाई तत्काल सबैखाले सरकारी विज्ञापन प्रकाशनमा रोक लगाउने निर्णय गर्न सरकारलाई आह्वान गर्दै सबै सञ्चारकर्मीहरुलाई श्रमजीवीमा मुद्दामा एकताबद्ध भएर अगाडि बढ्न आह्वानसमेत गर्दछौं ।

विवेक गौतम
महासचिब

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.