Websoft University

पहिरो झरेपछि, मध्यपहाडी लोकमार्ग अबरुद्ध


 काठमाण्डौ असोज ७ गते । रातो तारा डट कम, निरन्तरको वर्षापछि पहिरो झरेपछि मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका १ सहस्रधारामा पहिरो झर्दा हिजो साँझ ८ बजेदेखी लोकमार्ग अबरुद्ध भएको हो । सडक अबरुद्ध हुँदा देशका विभिन्न ठाउँबाट बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा जाने आउने सवारी साधान रातभर बाटोमै अलपत्र परेका छन् । ठूलो पहिरो खसेको र निरन्तर पहिरो झरिरहेकाले पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । हिजो दिउँसो देखि निरन्तर रुपमा वर्षा भैरहेको छ । वर्षाकै कारण सडकमा पहिरो झरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले बताउनुभयो । स्तरोन्नती भैरहेको मध्यपहाडी लोकमार्गमा दैनिक रुपमा पहिरो झरेर समस्या हुँदै आएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.