Websoft University

अछामको घाँसे मेला यस बर्ष नहुने



फायल फोटो,
काठमाण्डौ असोज २ गते । रातो तारा डट कम, पुर्वी अछामको कमलबजारमा लाग्ने प्रसिद्ध घाँसे मेला यस बर्ष नहुने भएको छ । हरेक बर्ष असोज १ गते लाग्ने मेला कारोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना भएकाले यस बर्ष कमल बजारमा कुनै पनि मेला पर्व नहुने कमलबजार नगरपालिकाका नगर प्रमुख ओम प्रकास बिष्टले जानकारी दिनुभयो । हरेक बर्षको कन्या संक्रातीका दिन लाग्ने मेलामा अछामी संकृती संग जोडिएका देउडा खेल , न्याउले खेल खेलिनुका साथै टाढा टाढा रहेका आफन्तजन संग भेटघाट गर्ने  गरिन्छ । तर यस बर्ष भने विश्वब्यापी रुपमा फैलिएको माहामारीका कारण मेला नहुने भएको हो । नगर प्रमुख बिष्टले कमलबजारका सबै वडामा जानकारी गराइसकेको र गत बर्षका जस्तो आज दिउँसोनै त्रिपाल हालेर ब्यावसाय सन्चालन गर्ने गरेको भए पनि यस बर्ष केहि पनि गर्न नदिएको  बताउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.