Websoft University

भारत तर्फ लैजादै गरेको ८० बोरा मटर बरामद


सुनसरी,असोज-६ गते । रातो तारा डट कम,सुनसरी देवानगंज-६ स्थितबाट भारत तर्फ लैजादै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ  । बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो देवानगंज स्थित सिमा एरियाबाट को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 नियन्त्रण पश्चात गाडी चेकजाँच गर्ने क्रममा प्लाष्टिकले छोपेर लुकाई छिपाई राखिएको अवस्थामा करिब १ लाख बराबरको ८० बोरा सेतो मटर फेला पारी बरामद गरिएको हो । बरामद गरिएको मटर, पिकअप गाडी र चालक समेतलाई आवश्यक कारबाहीको लागी सुनसरी भन्सार कार्यालय कोशी व्यारेज बुझाईएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.