Websoft University

आजबाट सोह्रश्राद्ध, पितृ पक्ष सुरु


काठमाण्डौ भाद्र १७ गते । रातो तारा डट कम,आजबाट सोह्रश्राद्ध सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सोह्रश्राद्ध अर्थात पितृ पक्ष आजदेखि सुरु हुने गर्छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ  । यसबर्ष भने कोभिड १९ कारण कारण सोह्रश्राद्ध गर्न सहज देखिएको छैन । कोरोनाबाट जोगिन एकअर्काको घर नजानू, भीड नगर्नू भनिएकै बेला भर्चुअल माध्यमबाट श्राद्ध कर्म गर्नु भनेर सरकारले अनुरोध गरिसकेको छ । पुरेत घरमै बोलाएर श्राद्ध गर्न सम्भव छैन । असहज अवस्थामा भर्चुअल माध्यम नै उत्तम विकल्पका रूपमा देखिएको छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.