Websoft University

स्काभेटर आगजनीेको अभियोगमा दुई जना पक्राउ


काठमाण्डौ भाद्र १७ गते । रातो तारा डट कम,स्काभेटर मेसिनमा आगजनी गरि क्षति पु¥याएको अभियोगमा नुवाकोटमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । यहि भदौ ७ गते आइतवार नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ स्थित वाराहीमा रोकिराखेको स्काभेटरमा आगजनी गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् । विदुरदेखि २५ किलोमिटर दुरीमा रहेको पासाङ ल्हामु सडकमार्गस्थित बाराही बजारको सडकको किनारमा पार्किङ गरी राखेको पहेलो रङ्गको बा२क २२६० नं.को जेसीबि मेसिनमा अज्ञात ब्यक्तिहरुले आगो लगाई क्षति पु¥याएको विषयमा अनुसन्धान गर्दै जांदा प्रहरीले दुई  जना पक्राउ गरिएको जनाएको छ । प्रह्रीले पक्राउ परेका युवक प्रतिवन्धित विप्लव समूहको कार्यकर्ता भएको दावी गरेको छ । तामाङलाई सोमवार घरवाटै पक्राउ गरिएको हो  । आगजनीमा राजाराम पाण्डे समेत संलग्न भएको र “आगजनी सम्बन्धी कसुर” मुद्दा शिर्षकमा अनुसन्धानका लागि हिरासतमा राखेर घटनाको थप अनुसन्धान कार्य भइरहेको डिएसपि थापाले बताउनुभयो ।  





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.