Websoft University

५ बर्ष भित्रमा बालविवाहमुक्त प्रदेश बनाईने


विराटनगर, २९ भदौ । रातो तारा डट कम, प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईनेभएकोछ । 
सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । 

राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन आज सार्वजनिक गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनुभएको हो । सवैपक्षको सहभागितामा उहाँले बालविवाहमुक्त प्रदेश निर्माण गरिने बताउनुभयो । सामाजिक संघ संस्था, सरोकारवाला व्यक्तिहरु सवैको सहभागिता आवस्यक रहेको मुख्यमन्त्री राईले बताउनुभयो । 

कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले बालबालिकाको अवस्था पहिलेको तुलनामा सुधार भएर गएको बताउनुभयो । उहाँले बालविवाह र बालश्रममा सुधार हुन नसक्नु दुखत भएको बताउनुभयो । 

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सडकमा बालबालिका बस्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । सडक बालबालिकालाई उद्धार गर्ने काम भईरहेको राज्यमन्त्री गजमेरले बताउनुभयो । उहाँले हाल सम्म प्रदेश १ मा ५३ जना सडक बालबालिकाको उद्धार भएको बताउनुभयो । 

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेश १ मा ५१ दशमलव ८ प्रतिशत बालिका र २१ दशमलव ७ प्रतिशत बालकहरुको २० वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको बताउनुभयो । उहाँले प्रदेश १ मा ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रममा रहेको बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.