Websoft University

कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न


२९ भदौ, काठमाडौं । रातो तारा डट कम, नेपाल पत्रकार महासंघले विश्व स्वास्थ्य संगठनको सहकार्यमा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधित्वमा काठमाडौं उपत्यकामा कार्यरत २ सय जना पत्रकारहरुका लागि कारोना माहामारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । 
कोभिड १९ का स्वास्थ्यसँग सम्बन्धित पक्षहरु, वैज्ञानिक पक्ष र यसको रिपोर्टिङका लागि अपनाउनुपर्ने आवश्यक सचेतनाका बारेमा अभिमुखिकरण गरेको हो । 
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका अधिकृत डा.दिपेन्द्र गौतम, डा. मैइका भट्टचन, रोशन नेपालले कोरोना भाइरस संक्रमण हुनसक्ने अवस्था तथा सामाजिक सञ्जालमा आउने भ्रामक हल्ला तथा सञ्चारमाध्यमले प्रकाशन तथा प्रशारण गरिरहेको सूचनाको अवस्थाका बारेमा प्रस्तुती राख्नुभएको थियो । 
अभिमुखिकरणमा विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञहरुले कोरोना भाइरस (कोभिड १९ संक्रमण) यसको रोकथाम तथा समाचार सम्प्रेषण गर्दा अपनाउनु पर्ने सावधानीका बारेमा प्रकाश पर्नुभएको थियो । 
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका डा.समिर कुमार अधिकारी, विश्व स्वास्थ्य संगठन नेपाल शाखाका अधिकृत डा.राजन रायमाझी, डा.विनोद गुप्ता, राहुल प्रधान, डा.केदार मरहठ्ठा, डा.निराजन भुषाल लगायतका वक्ताहरुले सहभागीहरुबाट आएका कोभिड–१९ संग सम्बन्धित जिज्ञासाहरुको जवाफ दिनुभएको थियो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले अभिमुखिकरण कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कोरोना माहामारिले सृजना गरेको संकटको घडिमा पत्रकारहरुलाई सुरक्षित भएर कार्यक्षेत्रमा काम गर्न आग्रह गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाका लागि महासंघ प्रतिवद्ध रहेको भन्दै सामुहिक रुपमा आएका चुनौतिलाई सामना गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो । 
कार्यक्रमका सहजकर्ता एव्म महासंघका सचिव प्रकाश थापाले महासंघले जारी गरेको कोरोना निर्देशिका सबै सञ्चारकर्मी र सञ्चारमाध्यमले पालना गर्नुपर्नेमा जोड दिनुभएको थियो । साथै, उहाँले अभिमुखिकरणको पहिलो चरणमा उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशमा गरिएको र छिट्टै महासंघका अन्य प्रदेशहरुमा पनि करिब ८ सय पत्रकारलाई समेटर गरिने बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.