Websoft University

सेवाग्राहीसँग रकम लिंदै गरेका ६ जना प्रहरी निलम्वनमा परे


फायल फोटो,
काठमाण्डौ साउन २८ गते । रातो तारा डट कम,आर्थिक प्रलोभनमा परी आफूलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने सिन्धुलीका ५ र काभ्रेका एकजना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई श्रावण २१ गते नियन्त्रणमा लिएको थियो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत १ जना गरी ६ जना प्रहरीलाई सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडा झिकाइएकोमा थप छानविनका लागि निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएकोछ । निलम्बनमा पर्नेमा २ जना प्रहरी हवल्दार र चार जना प्रहरी जवान रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली र सो अन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दारहरू राजकुमार श्रेष्ठ, डोर बहादुर कार्की, प्रहरी जवान कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गतको ईलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नबिन बहादुर थापा निलम्बनमा परेका हुन् । 

निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.